फोर्स मोटर्सको दशैं अफरः ९ महिना किस्ता फ्री देखि १० लाख जित्ने मौकासम्म

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 25, 2020 | 02:26:28 PM मा प्रकाशित

nj

दशैंको अवसरमा फोर्स मोटरर्सको गाडी किन्दा विभिन्न अफरहरु पाईने भएको छ । नेपलका लागि फोर्सको आधिकारीक विक्रेता हिमालय अर्गनाइजेशन अन्र्तगत आयाम इन्टरकन्टिनेन्टलले दशैं अवरसमा ‘आर्शिवाद उपहार’ योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकले विभिन्न अफरहरु पाउँने कम्पनीले जनाएको छ ।  

योजना अन्तर्गत फोर्सको जीप, पिकअप र मिनीबसको खरिदमा ग्राहकले विभिन्न अफरहरु पाउँने छन् । उक्त अफर अन्तर्गत ९ लाख डाउन पेमेन्ट गरेर फोर्सको १४ सिट क्षमता भएको ट्राक्स क्रुजर जीप खरिद गर्न सकिने छ । यसरी खरिद गर्दा ९ महिनासम्म किस्ता र व्याज तिर्नु पर्ने छैन् । यसका साथै स्क्यच मार्फत २ देखि १० लाख रुपैयाँसम्म जित्न पनि सकिने  हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले बताए ।

यसै गरी ५ लाख ५० हजार रुपैयाँ डाउन पेमेन्ट गरेर फोर्सको ट्राक्स कार्गोकिङ पिकअप खरिद गर्न सकिने छ । यसरी खरिद गर्दा ८ महिनासम्म किस्ता र व्याज तिर्नु पर्ने छैन् । यसका साथै स्क्यच मार्फत १ देखि ५ लाख रुपैयाँसम्म जित्न पनि सकिने छ । 

यस्तै, १२ लाख रुपैयाँ डाउन पेमेन्ट गरेर २६ सिट क्षमता भएको ट्राभलर टि २ मिनीबस खरिद गर्न सकिने छ । यसरी खरिद गर्दा ७ महिनासम्म किस्ता र व्याज तिर्नु पर्ने छैन् । यसका साथै स्क्यच मार्फत २ देखि ६ लाख रुपैयाँसम्म जित्न पनि सकिने छ ।बिगत ७ बर्ष देखि फोर्सले नेपालमा आफ्नो आधिकारीक आयातकर्ता तथा विक्रेता आयाम मार्फत आफ्ना उत्पादनहरु विक्रि गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved