जापानमा निर्मित सुजुकी कार नेपाली बजारमा, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2020 | 01:22:44 PM मा प्रकाशित

laxmi  sunrise bank

जापानले उत्पादन गरेको सुजुकीकार नेपाली बजारमा उपलब्ध हुने भएको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका कारहरु नेपालमा ल्याउन लागेको हो । 

हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरु मात्र छन् । एसएमसीका उत्पादन भित्रिएपछि नेपालीले पनि युरोप र अमेरिका लगायतका अन्तर्राष्ट्रिय बजारका लागि बनाइएका सुजुकी कारको अनुभव गर्न पाउने छन् । 

सुजुकीले नेपालीमा सबैभन्दा ठूलो रेन्जको कार उपलब्ध गराउँदै आएको छ । अब सीधै एसएमसी जापानबाट प्रिमियम रेन्जका उत्पादन भित्र्याउने तयारीमा रहेको कम्पनीले जनाएको छ । 

यो च्यानल मार्फत नेपाली बजारमा भित्रिने पहिलो कार सुजुकी भिटारा हुनेछ । भिटारा युरोपेली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम एसयुभी मध्ये पर्छ । यसमा फोरव्हील सिस्टम, १.६ लिटरको शक्तिशाली इन्जिन र अन्य अत्याधुनिक फिचर रहेको छ । कम्पनीले भीटाराको सुरुवाती मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

सुजुकी भिटारा कार २०२१ मार्चसम्ममा नेपाल आइपुग्ने जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved