बजाजको नयाँ बाइक नेपालमा, कति छ बजार मूल्य ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 01, 2020 | 06:25:05 PM मा प्रकाशित

nj

बजाजको नयाँ मोटरसाइकल नेपाल भित्रिएको छ । बजाज मोटरसाइकलका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बिहीबार नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्र्याएको हो ।

नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा र शहरका लागि केहि भिन्न रुपमा बनाइएको कम्पनीले जनाएको छ । यो १६०सीसी डीटीएस—आई इन्जिनद्वारा संचालित छ । जसले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ । यसले ५—स्पीड म्यानुअल ट्रान्समीसन पनि प्रयोग गर्दछ ।

नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसको बजार मूल्य कम्पनीले ३ लाख १९ हजार ९ सय रुपैयाँ तोकेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved