अमृत जंगले जिते 'टिभिएस अपाचे आरआर ३१०' बाईक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 03:06:01 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभिएस दशैंको आशा योजना अन्तर्गतको पहिलो हप्ताको विजेता घोषणा भएको छ । योजना अन्तर्गत बालाजु निवासी अमृत जंग सिटौला पहिलो विजेता बनेका हुन् । 

गोलाप्रथाबाट विजेता बनेको सिटौलाले टिभिएसको नक्साल शोरुमबाट टिभिएस अपाचे आरआर ३१० प्राप्त गरेको कम्पनीले जनाएको छ । योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने नभएको कम्पनीले जनाएको छ  । 

कम्पनीले बम्पर उपहारका रूपमा हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टिभिएस कै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ताहुने लक्की ड्रमा भाग लिन ।तखकलभउब।िअयmरम्बकजबष्ल मा गएर फारम भर्नु पर्ने हुन्छ ।  । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् । 

“टिभिएस दशैँको आशा“ योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा ९ हजार र स्कूटरको खसरदमा ७ हजार रुपैयाँनगद छुट प्राप्त गर्न सकिने छ । त्यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्दा शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने छ । यीदुई मध्ये कुनै एक स्कीम छनौट गर्न सकिने जनाइएको छ । 

जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved