क्लासिक लेजेन्ड्स नेपाल प्रवेश, आधिकारिक बिक्रेतामा अग्रि मोटोइन्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 11:53:37 AM मा प्रकाशित

laxmi  sunrise bank

क्लासिक लेजेन्ड्स नेपाल प्रवेश गरेको छ । कम्पनीले नेपालकालागि आधिकारिक बिक्रेताको रुपमा अग्नि मोटोइन्कलाई नियुक्त गर्दै नेपाल प्रवेश गरेको हो ।

कम्पनीले नेपालमा सुरुमा आफ्नो जावार जावाफोर्टी टु मोडेल उपलब्ध गराउने तयारी गरेको जानकारी दिएको छ । जावा मोटरसाइकल सुरुमा काठमाडौंको उत्तरढोका र टेकु स्थित सोरुहरुमाउ पलब्ध हुनेछ र नेटवर्क विस्तारै देशभर विस्तार हुनेछ । यो मोटरसाइकल कम्प्लिट्ली ब्युल्ड युनिट (सीबीयू) प्रविधिमा​​ नेपाल भित्रिने छ ।

अग्नि मोटोइन्क अग्नि समूहको सहायक कम्पनी हो । यो कम्पनी नेपालमा महिन्द्रा युटिलिटी सवारी साधन, ट्रयाक्टर, थ्रि व्हीलर, इलेक्ट्रिक कार र पावरोल जेनेरेटरको एक मात्र अधिकारिक वितरक हो ।

क्लासिक लेजेन्ड्स एक भारतीय कम्पनी हो । जुन बजारमा आइकनिक मर्की मोटरसाइकल ब्रान्ड पुनः प्रस्तुतिकालागि स्थापना गरिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved