'विद्युतीय सवारी किन्दा ४ तोला सुन उपहार'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 12:35:05 PM मा प्रकाशित

laxmi  sunrise bank

दीगो ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्दा सुन उपहार पाइने भएको छ । कम्पनीले दशैंको अवसरमा ल्याएको ‘दीगोे स्वर्ण उत्सव’ अन्तर्गत सो ब्राण्डको सवारी खरिद गर्दा सुन उपहार पाइने भएको हो ।

ग्राहकले खरिद गरेको गाडीको मोडलको आधारमा चार तोलासम्म सुन उपहार पाउने कम्पनीले जनाएको छ । यस बाहेक पनि ग्राहकले निःशुल्क एसेसोरिज, एक वर्षको सडक कर, तीनवटा निःशुल्क सर्भिसिङ र ८० प्रतिशतसम्म कर्जाको सुविधा पाउने जनाइएको छ । 

दीगोेले नेपाली बजारमा दीगोे इ८, डिएफएसके डाँफे, जोयलङ इ६ र सिएचटिसी इ–बस सार्वजनिक गरेको थियो ।स्वर्ण उत्सव यी चारवटै मोडलहरुमा लागू हुनेछ । 

दीगोे इ८ ह्याचब्याक कार हो । जसको मूल्य २४ लाख ९४ हजार रुपैयाँ रहेको छ । १५.२ किलोवाट आवर ब्याट्री प्याक र १५ किलोवाटको मोटर रहेको सो कार एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा १५० किलोमिटर (एनइडिसी २०० किलोमिटर) गुड्छ । 

डिएफएसके डाँफे ११ सिट भएको माइक्रोबस हो । यो गाडीको मूल्य ४४ लाख रुपैयाँ रहेको छ । यसमा ४२ किलोवाटआवरको ब्याट्री र ६० किलोवाटको मोटर छ । एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा २५० किलोमिटरसम्म (एनइडिसी ३०० किलोमिटर) गुड्छ । 

त्यसैगरी जोयलङ इ६, २० सिट क्षमताको मिनिबस हो । जस्को बजार मूल्य ९० लाख रुपैयाँ रहेको छ । यसमा ८० किलोवाट आवरको ब्याट्री प्याक र ११० किलोवाटको मोटर रहेको छ । एकपटकको चार्जले यो बस सामान्य ड्राइभिङ कन्डिसनमा २१० किलोमिटर (एनइडिसी २८० किमि) गुड्छ ।

त्यस्तै, सिएचटिसी इ–बस २८ सिटको छ । १ करोड २६लाख ५० हजार मूल्य तोकिएको यो बसको सिट क्षमता आवश्यकता अनुसार मिलाउन सकिन्छ । यसमा १२९ किलोवाट आवरको ब्याट्री प्याक र १४० किलोवाटको मोटर छ । एकपटकको चार्जले यो बस २०० किलोमिटर गुड्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved