'फोर्ड पावर च्यालेन्ज' जित्नेले बुकिङ्गको दोब्बर रकम फिर्ता पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 04:43:18 AM मा प्रकाशित

laxmi  sunrise bank

जीओ अटोमोबाईल्सले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याइको छ । कम्पनीले फोर्डले शक्तिलाई गाडी भएको प्रमाण्ति गर्न र ग्राहकहरुलाई यसको इन्जिनको शक्ति अनुभव गराउन सो च्यालेन्ज योजना ल्याएको हो ।

फोर्ड इकोस्पोर्ट एसयुभी थप परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपालमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । कम्पनीले १५०० सीसी ड्रयागन सीरीजइन्जिन जडिट रहेको र १२२ पीएस पावर प्रदान गर्ने इकोस्पोर्ट एसयुभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयुभी हो भन्ने प्रमाणित गर्न सो च्यालेन्ज ल्याएको जानकारी दिएको छ ।

योजनामा भाग लिन न्युनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्ने हुन्छ । त्यसपछि ग्राहकले यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्न सक्ने छन् । यदि इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएन भने ग्राहकले बुकिङ्गको भन्दा दोब्बर रकम फिर्ता पाउने जनाइएको छ । 

फोर्डको देशभर रहेका कुनैपनि सोरुममा गएर यो च्यालेन्जमा भाग लिन सकिने कम्पनीले जनाएको छ । च्यालेन्जमा अरु कुनैपनि गाडीले तानेको उकालो यो गाडीले नतानेको खण्डमा कम्पनीले बुकिङ्ग रकमको दोब्बर रकम फिर्ता दिने जनाएको छ । 

कम्पनीका अनुसार यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि विशिष्ट रोजाइको रहेको छ । पेट्रोलमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि.टी भीसीटी पेट्रोल ईन्जिन समावेश छ । जसले १२२ पीएस पावर र १४९ एनएम तक्र्यू प्रदान गर्दछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved