अटोमोटिभ ब्रान्डको उत्कृष्ट ५ मा हुन्डाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2020 | 12:10:41 PM मा प्रकाशित

laxmi  sunrise bank

हुन्डाई मोटर अटोमोटिभ ब्राण्डको ५ औँ ब्राण्ड बन्न सफल भएको छ । इन्टरब्राण्ड बेस्ट ग्लोबल ब्राण्ड २०२० का अनुसार हुन्डाई अटोमोटिभ ब्राण्डको ५औँ र समग्रमा ३६औँ ब्राण्ड बन्न सफल भएको हो । 

एक सर्भेको अनुसार हुन्डाई मोटरले विश्वव्यापी ब्राण्ड मूल्यमा हरेक वर्ष एक प्रतिशतले वृद्धि हुँदै गएको छ । कम्पनीले हरेक वर्ष १४.३ बिलियन अमेरिकी डलर मूल्य वृद्धि गर्दै आएको जनाएको छ । 

पछिल्लो छ वर्ष देखि कम्पनीले इन्टरब्राण्डमा ४० ग्लोबल कम्पनीमध्ये एक नम्बरमा रहदै आएको छ । हुन्डाइ गत १५ वर्ष देखि लगातार उत्कृष्ट सयको सुचीमा रहदै आएको छ ।

यससंगै कोरोना महामारीको समयमापनि हुन्डाई आफ्नो ब्राण्ड मुल्य वृद्धि गर्ने कम्पनीका रुपमा गनिएको छ ।

हुन्डाईको ब्राण्ड मूल्य इभी लाइनअप आईओएनआईक्यूको लन्च, फ्युचर मार्केट रेस्पोन्स र सेसियल कन्ट्रीब्युसन क्रियाकलापको कारण वृद्धि हुँदै गएको इन्टरब्राण्ड भ्यालुएसनग्लोबल डिरेक्टर माइक रोचाकोले बताए । उनले भने, ‘हामीले कम्पनीको बजार परिवर्तनप्रतिको सक्रियताका साथै दीर्घकालीन ब्राण्ड र अनलाइन सेल्समा भएको उपलब्धिलाई सकारत्मक रुपमा लिएका छौं, यस कम्पनीले सामाजिक संजालको सेल्स च्यानलको  माध्यमबाट विद्युतीय ब्याट्री र फ्युल सेल विद्युतीय गाडीको बिक्रि वृद्धि गरेको छ ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved