रोयल ईन्फील्ड ब्रान्डले नयाँ दुई रङ्गका मोटरसाईकल सार्वजनिक गरेको छ । कम्पनीले क्लासीक ३५० सीसीको सिङ्गल भेरियन्ट अन्तर्गतका दुई नयाँ रङ्गका मोटरसाईकल सार्वजनिक गरेको हो ।
कम्पनीले उक्त मोटरसाईकल एरबोर्न ब्लु र स्टोरर्मीडर सन्ट रङ्गमा सार्वजनिक गरेको जनाएको छ । रेट्रोलूक्स र म्याट फिनिस भएको सो मोटरसाईकलमा थप सुरक्षाको लागी डुएल च्यानल एबीएस पनि रखिएको छ ।
नेपालका लागी आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्सले १९ वटै साखा तथा डिलरहरुमा सो मोटरसाईकल बिक्री शुरु गरेको छ । कम्पनीले उक्त मोटरसाईकलको मूल्य ५ लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ ।
आइतबार देखि सो मोटरसाईकलको बुकिङ्ग तथा विक्री वितरण सुरु हुने कम्पनीले जनाएको छ ।