सिट्रोन ब्राण्डको आधिकारिक विक्रेतामा मोटर्स प्राइभेट नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 11:21:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सिट्रोन ब्राण्ड सवारी साधनहरुको अधिकृत विक्रेताको रुपमा मोटर्स प्राइभेट नियुक्त भएको छ । फ्रान्सको गाडी उत्पादक कम्पनी ग्रुप पीएसएले नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिरहेको मोटर्स प्राइभेटलाई अधिकृत विक्रेताको रुपमा नियुक्त गरेको हो ।  

सिट्रोन एक फ्रान्सेली अटोमोबाइल निर्माता कम्पनी हो । जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसए को अभिन्न अंगको रुपमा रहेको छ ।

सिट्रोन ब्राण्ड अन्तरगर्त विभिन्न प्रकारका सवारी साधनहरुको रहेका छन् । जस मध्ये कम्प्याक्ट ह्याचब्याक, एमयू भी, मिनी–भ्यान र एसयू भी  बहु चर्चित छन् । यी मध्ये साँग्रिला मोटर्सले सन् २०२१ मा सिट्रोन एसयूभी बजारमा ल्याउन लागेको जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved