अन्तराष्ट्रिय हवाई दुर्घटनामा मृत्यु हुने नेपालीलाई १ करोड ८५ लाख क्षतिपूर्ति

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 29, 2018 | 11:55:48 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय हवाई दुर्घटनामा मृत्यु भएकाका आफ्न्तले अब झण्डै २ करोड क्षतिपूर्ति पाउने भएका छन् । संसदबाट मन्ट्रियल महासन्धि अनुमोदन गरेर अन्तराष्ट्रिय नागरिक उड्यायन संगठन (आइकाओ)मा नेपाललाई रजिस्ट्रेसन गराएपछि महासन्धिले गरेको व्यवस्था अनुसार उक्त क्षतिपूर्ति रकम पाउने भएका हुन् । 

नेपाल नागरिक उडडयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार महासन्धि अनुमोदनपछि आइकाओमा औपचारिक निवेदन दिएर रजिष्टे«सन गराउनुपर्दछ । भदौ पहिलो साता संसदबाट अनुमोदन भएको महासन्धिमा नेपाल सम्मिलित हुन असोज २९ गते औपचारिक निवेदन दिएको  छ । आइकाओको नियमअनुसार औपचारिक निवेदन दिएको ६० दिनपछि महासन्धीमा सम्मिलित गराइन्छ । नेपाल मंसिर २९ बाट उक्त महासन्धिको सदस्य बन्नेछ ।

यसअघि अन्र्तराष्ट्रिय हवाई दुघर्टनामा ज्यान गुमाउनेका परिवारले वार्सा सन्धि अनुसार २० हजार अमेरिकी डलर क्षतिपूर्ति पाउँदै आएका छन् । 

तर मन्ट्रियल महासन्धि लागूपछि व्यवस्था अनुसार अन्तराष्ट्रिय हवाई दुर्घटनामा ज्यान गुमाउनेका आफ्न्तले १ लाख ५७ हजार २ सय ९ अमेरिकी डलर एसडिआर (स्पेशल ड्रिविङ राइट) क्षतिपूर्ति पाउने छन् । यसको नेपाली रकम १ करोड ८५ लाखको हाराहारीमा हुन आउँछ । 

महासन्धि लागूपछि भने नेपालमा उडान गर्ने अन्र्तराष्ट्रिय हवाई कम्पनी तथा अन्र्तराष्ट्रिय उडान गर्ने नेपाली हवाई कम्पनीले सोही व्यवस्था अनुसारको क्षतिपूर्ति पाउने गरी विमा गर्नपर्दछ । 

सन्  १९९९ मा आइकाओकै अग्रसरतामा उक्त महासन्धि जारी भएको थियो । नेपाल उक्त महासन्धिको सदस्य बन्न सन् २०१० बाटै प्रयास गरेको थियो । प्रयासको ८ वर्षपछि महासन्धिको सदस्य बन्न सफल भएको पोखरेलले बताए । 

महासन्धिमा व्यागेज हराउने देखि उडान डिले हुनेसम्मको क्षतिपूर्ति पाउने स्पष्ट्र व्यवस्था छ । कार्गो सामान क्षतिमा प्रतिकेजी १९ र लगेज क्षतिमा १ हजार १३१ डलर एसडिआर क्षतिपूर्ति पाउने व्यवस्था छ । त्यसैगरी डिले उडानमा चार हजार ६९४ क्षतिपूर्ति पाउने व्यवस्था छ । महासन्धिमा एक सय ३१ राष्ट्र सदस्य छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved