वाइड बडी खरिदबारे छानबिन गर्न लेखाले बनायो ५ सदस्यीय उपसमिति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2018 | 02:11:47 PM मा प्रकाशित

laxmi  sunrise bank

लेखा समितिले नेपाल एयरलाइन्सको वाइड बडी विमान खरिद प्रकरणमा अनुसन्धान गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ। समितिले नेपाली कांग्रेसका सांसद राजन केसीको नेतृत्त्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो। 

आज मङ्सिर २६ गते बसेको समितिको बैठकले गठन गरेको उपसमितिमा सांसदहरु प्रेम आले, धर्मशीला चापागई, मीना पुन र कृष्णलाल मर्हजन सदस्य छन्। छानबिनको लागि उपसमितिलाई १५ दिनको म्याद दिइएको छ। सांसद हृदयेश त्रिपाठी र मिनेन्द्र रिजालले उपसमितिको नेतृत्त्व लिन अस्विकार गरेपछि केसीलाई नेतृत्त्व दिइएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले निगमले वाइड बडी जहाज किन्दा सार्वजनिक खरिद ऐनको पूर्ण पालना नगरेको बताएको छ। लेखा समितिलाई बुझाउन तयार पारेको रिपोर्टमा कार्यालयले वाइड बडी खरिदमा निगमका १४ वटा गल्ती औंल्याएको छ।  

    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved