८ गुणाले बढ्यो यात्रुको विमा, १० बर्षपछि नेपालको हवाई क्षेत्र अन्तर्राष्ट्रियस्तरको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2018 | 07:03:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको अन्तर्राष्ट्रिय हवाई उडानमा शनिबारदेखि (मङ्सिर २८) मन्ट्रियल महासन्धि लागू भएको छ। यो महासन्धि लागू भएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकम लगायत बिभिन्न सेवा सुविधामा उल्लेख्य वृद्धि भएको छ। 

हवाई उड्डयन क्षेत्रमा भएको नवीनतम बिकासलाई सम्बोधन गर्नका लागि नेपालले यसअघि पालना गर्दै आएको वार्सालाई छाडेर मन्ट्रियल महासन्धिमा आबद्द भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए। वार्सा महासन्धि यात्रुमैत्री नभएपछि मन्ट्रियल महासन्धि लागू गरिएको उनले बताए।

सहसचिब लामिछानेका अनुसार तत्काललाई यो महासन्धि नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय एयरलाइन्सको हकमा लागू हुनेछ। समयक्रमसंगै डोमेस्टिक उडानमा समेत मन्ट्रियल महासन्धि लागू गर्ने योजना रहेको उनले बताए। हाल नेपालका घरेलु उडानहरुमा वार्सा महासन्धि लागू छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक सञ्जीव गौतमले महासन्धि लागू भएपछि नेपालको हवाई क्षेत्र अन्तर्राष्ट्रियस्तरको हुने र यसले यात्रु तथा एयरलाइन्सलाई समेत फाइदा पुग्ने विश्वास व्यक्त गरे। १० बर्षको लामो प्रयासपछि नेपालको हवाई क्षेत्र अन्तर्राष्ट्रियस्तरको बनेको उनको भनाई छ।        

हवाई यात्रुको बीमा रकम अन्तर्राष्ट्रिय मापदण्ड बराबर बनाउन सन् १९९९ देखि नै मन्ट्रियल महासन्धि कार्यान्वयनमा आएको थियो । गत असोज ३० गते सङ्घीय संसद्ले मन्ट्रियल महासन्धि अनुमोदन गरेको थियो। र मङ्सिर २८ २०७५ देखि नेपालको अन्तराष्ट्रिय हवाई उडानमा यो महान्संधि लागू भएको हो। विश्वका १३५ मुलुकले यो महासन्धि लागू गरिसकेका छन्।

यो महासन्धि लागू भएपछि हवाई उडान दुर्घटना वा हवाई अव्यवस्थापनका कारण भोग्नुपरेको कष्ट, कार्गोको ढिलाइ, ओसारपसार गर्दा हुने सामानको नोक्सानी वा क्षतिको उचित क्षतिपूर्ति प्राप्त गर्ने प्रावधानलाई सुनिश्चित गर्ने नेपाल सरकारको बिश्वास छ। महासन्धि कार्यान्वय भएपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमायल एयरलाइन्स र बुद्ध एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानका लागि थप सहज हुनेछ ।

महासन्धिअनुसार नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकम करिब ८ गुणाले वृद्धि भएको छ। शुक्रबार मध्यरातदेखि लागू भएको मन्ट्रियल महासन्धि अनुसार हवाई दुर्घटनामा परी ज्यान गुमाएमा क्षतिपूर्ति बापत न्यूनतम १ करोड ७९ लाख रुपैयाँ प्राप्त गर्ने छन। यसअघि वार्सा महासन्धिअनुसार हवाई यात्रुले २० लाख अर्थात २० हजार डलरमात्रै प्राप्त गर्थे।    

महासन्धिअनुसार कार्गोको नोक्सानी, क्षति वा विलम्ब भएमा प्रतिकिलो दुई हजार ९० क्षतिपूर्ति तिर्नुपर्नेछ । यस्तै ब्यागेजको नोक्सानी वा क्षति भएमा रु एक लाख २४ हजार ४१० क्षतिपूर्ति तिर्नुपर्नेछ । यात्रुको यात्रा विलम्ब भएमा रु पाँच लाख १६ हजार ३४० क्षतिपूर्ति दिनुपर्ने व्यवस्था महासन्धिले गरेको छ ।

नेपालले हालसम्म सन् १९५५ देखि कार्यान्वयनमा आएको ‘हेग प्रोटोकल’ लाई कार्यान्वयन गर्दै आएको थियो । दक्षिण एशियामा भारत र श्रीलङ्काले यसअघि नै अनुमोदन गरेका थिए । ती देशले महासन्धि अनुमोदन गरी लागू गरेका कारण बीमा रकमसमेत बढिसकेको छ।

मन्ट्रियल महासन्धि लागू भएसंगै नेपालको अन्तर्राष्ट्रिय हवाई उडानमा बिशेषगरि ९ बिषयमा महत्त्वपूर्ण परिवर्तन भएको छ। 

१। नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकम करिब ८ गुणाले वृद्धि भई करिब १ करोड ७९ लाख रुपैयाँ पुगेको छ। दुर्घटनामा परी ज्यान गुमाएमा क्षतिपूर्ति बापत न्युनतम ११३१०० एसडीआर अर्थात करिब १ करोड ७९ लाख रुपैयाँ पाउनेछन।

२। कार्गोको नोक्सानी, क्षति वा विलम्ब भएमा प्रतिकिलो दुई हजार ९० क्षतिपूर्ति हुनेछ।

३। ब्यागेजको नोक्सानी वा क्षति भएमा रु एक लाख २४ हजार ४१० क्षतिपूर्ति तिर्नुपर्नेछ। 

४.यात्रुको यात्रा विलम्ब भएमा रु पाँच लाख १६ हजार ३४० क्षतिपूर्ति दिनुपर्नेछ। 

५।उत्तरदायित्व ५ बर्षसम्म पुनरावलोकन गर्न पाइनेछ। 

६। देशको कानुनी व्यवस्था भएमा सम्बन्धित विमान कम्पनीले तुरुन्त अग्रिम भुक्तानी गर्नुपर्नेछ।         

७। यात्रूले आफुले पाउनुपर्ने दाबी भुक्तानी बिभिन्न ५ तरिका (उडान भरेको देश, उडानको गन्तब्य देश, टिकेट किनेको देश, उडान सम्झौता भएको देश, यात्रुको नागरिकता भएको देशका अदालत) बाट गर्नसक्नेछ। 

८। इ टिकेटले कानुनी मान्यता पाउनेछ। 

९। पांचवटा भाषा (अंग्रेजी, फ्रेन्च, स्पेनिश,रसियन, चाइनिज, अरेबिक) लाई आधिकारिकता दिइएको छ। 


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved