‘स्थानीयको माग सम्बोधन नगरी निजगढ विमानस्थलको काम अघि नबढाऊ’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2018 | 04:27:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बहुचर्चित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल सुरु नगर्न सांसदहरुले सरकारलाई आग्रह गरेका छन् । राष्ट्रियसभाका सांसदहरुले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार नभई निर्माण सुरु नगर्न सरकारलाई सचेत गराएका हुन् ।
संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय सभाका सदस्य सुरेन्द्र पाण्डेले विमानस्थल निर्माणको काम सुरु गर्नु अघि त्यस क्षेत्रका नागरिकको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले विमानस्थल निर्माण गर्दा प्रभावित हुने नागरिकलाई बसोबासको व्यवस्था गरेर मात्रै आयोजना अघि बढाउन सरकारलाई सुझाव दिए । सांसद खिमलाल भट्टराईले स्थानीय नागरिकले समेत उक्त आयोजना निर्माण सुरु गर्न आग्रह गरिरहेको भन्दै ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए ।
आगामी ४ वर्षभित्र सम्पन्न गरी सक्ने लक्ष्य लिइएको निजगढ अन्तराष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखिएको छ । यसको लागत १ खर्ब २० अर्ब अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved