चीन सहित ४ देशमा उडान सुरु गर्दै नेपाल एयरलाइन्स

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2018 | 01:35:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सले आगामी चैत्रभित्रै जापान, कोरिया, चीन र साउदी अरेवियामा उडान गर्ने घोषणा गरेको छ । नेपाल एयरलाइन्सका अध्यक्ष मदन खरेलले पहिला जापान र चीनमा उडान गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
फागुन मध्यसम्म जापानको ओसाकामा उडान गर्नेगरी तयारी भईरहेको अध्यक्ष खरेलले बताए । त्यस्तै चैतसम्म चीनको ग्वान्जाउ सहरमा उडान गर्न पूर्वतयारी सुरू भइसकेको नेपाल एयरलाइन्सले जनाएको छ ।
‘‘चीन र जापानमा उडानको तयारी गर्न कर्मचारी पनि खटाईसकेका छौं’’, अध्यक्ष खरेलले भने, ‘‘चैत मसान्तसम्म यी दुई गन्तव्यमा उडान गरिसक्नेछौं ।’’
नेपाल एयरलाइन्सले गत असारमा वाइडबडी ए ३३० एयरबस र साउनमा अर्को एयरबस ल्याईसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved