'जहाज खरिद घोटालामा बिदेशी संस्थामाथि पनि अनुसन्धान हुनुपर्छ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 06:03:02 PM मा प्रकाशित

laxmi  sunrise bank

‘इनोभेटर’ ई.दीपेन्द्र कँडेलले वाइडबडी विमान खरिद प्रकरणमा संसदीय उपसमितिको प्रतिवेदन गलत भएको टिप्पणी गरेका छन् । समितिले सार्वजनिक गरेको प्रतिवेदन अधुरो भएको उनको दाबी छ । उनले विमान खरिद प्रक्रिया राष्ट्रिय मात्रै नभएर अन्तराष्ट्रिय सरोकारको विषय भएकोले यसमा आईकाओ, एयरबस र हाईफ्लाई लाई समेत अनुसन्धानको दायरमा ल्याउनुपर्ने बताए ।

कँडेलले भने, ‘यो प्रकरणमा छानबिनको लागि आईकाओ, हाई–फ्लाई र एयरबसको समेत सहभागिता हुनुपर्छ । समितिले मात्रै छानबिन गरेर ल्याएको प्रतिवेदन अधुरो हुन्छ ।’ उनले प्रश्न गरे, नेपालको समिति इमेल पठाउन त सक्दैन, अन्तराष्ट्रिय निकायको कसरी अनुसन्धान गर्छ ?’ उनले थपे, ‘वाइडबडी कुन देशबाट ल्याएको भन्ने कुरा समेत संसदीय समितिलाई थाहा छैन, उहाँहरु आएरल्याण्डबाट ल्याएको भनेर प्रतिवेदन निकाल्नु हुन्छ, तर वाइडबडी पोर्चुगलबाट ल्याईएको हो ।’

उनले विमान किनेको नभई भाडामा ल्याईएको प्रमाण आफूसँग रहेको दाबी गरेका छन् । उनले भने, ‘नेपालले वाइडबडी किनेको होईन, भाडामा ल्याएको हो । पोर्चुगलको हाई–फ्लाई कम्पनीबाट भाडामा ल्याएको वाइडबडी घोटालामा सरकारले प्रतिवेदन तयार पार्छ, केही मन्त्री, कर्मचारीलाई कारबाही गर्ला तर त्यो न्यायोचित हुँदैन, आईकाओ, हाईफ्लाइ, एयरबसमाथि पनि छानविन हुनुपर्छ ।’

‘हाईफ्लाईबाट भाडामा ल्याएको विमानमा कति जना नेपाली पाईलट छन् ?’ उनले प्रश्न गरे, ‘के नेपाली पाईलटहरु अयोग्य हुन त ? होईन, भने वाईडबडी उडाउन किन विदेशी विमान चालक ल्याईयो त ?’

वाइडबडीमा टर्की, अष्ट्रेलिया, कोरिया र पाकिस्तानका मुख्य पाईलट छन् र सहायक–विमान चालकको रुपमा मात्रै नेपालीलाई राखिएको छ । कँडेलका अनुसार जहाज भाडामा लिँदा जोमार्फत ल्याईएको हो उसका चालक राख्नुपर्ने हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved