वाइडबडीका मुख्य 'दोषी' कंसाकारले भने: देश अराजकतामा जाने भयो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2019 | 11:23:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले मानव जीवनमा व्यवस्थापन शास्त्रले ठूलो भूमिका खेल्ने बताएका छन। आफ्नै कार्यकक्षमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भातृ संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति लक्षित गर्दै ट्वीटमार्फत उनले यस्तो बताएका हुन। 

महाप्रबन्धक कंसाकारले व्यवस्थापकीय सीप प्रयोग गरी मानिसलाई समान लक्ष्य  र साझा मूल्य मान्यतामा वचनबद्ध गराउन नसक्ने हो भने कुनै पनि समूह, संस्था, दल, समाज र राष्ट्र अराजकतातिर उन्मुख भएर जाने प्रबल सम्भावना रहने बताएका छन।  

महाप्रबन्धक कंसाकारलाई वाइडबडी जहाज खरिद प्रक्रियामा मुख्य दोषी पाइएको भन्दै युवा लिगका कार्यकर्ताले कार्यकक्षमै गएर कालोमोसो दलेका थिए। यद्दपी कंसाकारले आफुले मागेजति चन्दा नदिएकाले उनीहरुले कालोमोसो दलेर भागेको बताए।  


संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिस सहितको प्रतिवेदन समितिमा पेस गरेको थियो । शुक्रबार बसेको लेखा समितिको बैठकमा अधिकांश सांसदहरुले कंसाकारलाई बाइडबडी जहाज प्रकरणमा मुख्य दोषी देखाएका छन।   

सरकारले उपसमितिको प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै वाइडबडी जहाज खरिदमा भएको अनियमितताका बारेमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved