वाइडबडी कस्को ? निगम भन्छ, ‘‘हाम्रै हो’’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 07, 2019 | 03:27:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बहुचर्चित वाइडबडी प्रकरणका विषयमा धेरै टिका टिप्पणी भएका छन् । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उप समितिले वाइडबडीमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेपछि यसको चर्चा एकाएक चुलिएको छ । उप समितिले पूर्व पर्यटनमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देवसहित बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीलाई कारबाहीको लागी सिफारिस समेत गर्यो ।

यति मात्रै नभई ल्याईएका जहाज भाडामा हुन् भन्ने समेत बहसको विषय बनेको छ । नियामक निकाय स्वामित्व आफ्नै भन्छ तर आरोप लगाउनेहरु भाडामा रहेको बताउँछन् । आफूलाई उड्यन क्षेत्रको अभियान्ता मान्ने इन्नोभेटर ई.दीपेन्द्र कँडेल जहाज भाडामा ल्याईएको भन्दै सरकार, नेपाल नागरिक उड्ययन प्राधिकरण र नेपाल वायुसेवा निगमले जनता झुक्याउने काम गरेको बताउँछन् ।

तर नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक राजन पोखरेल वाइडबडीको स्वामित्व नेपाल वायु सेवा निगमकै भएको बताउँछन् । उनका अनुसार जहाज ल्याउँदा २ किसिमले ल्याईन्छ ‘कि भाडामा, कि किनेर ।’ अहिले ल्याईएका दुवै जहाज खरिद गरिएका हुन् । त्यसै अनुसार यीनको स्वामित्व नेपाल वायु सेवा निगमकै हो । पोखरेलका अनुसार नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको लगानी भएकाले यी दुई संस्थाको नाममा जहाज रोक्का राखिएको छ । यसको मूल मालिक भने निगम नै हो ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जहाजको स्वामित्व आफूहरुकै रहेको भन्दै कागजात नै उपलब्ध गराएका छन् ।

घोटला भएको विषयमा छानबिन भईरहेको बेलामा पोर्चुगलको हाईफ्लाईबाट ल्याईएको एयरबसलाई हाईफ्लाई एक्सबाट ल्याईएको भनेर झुक्याउने काम भएको आलोचना भएको छ । तर जहाज हाईफ्लाई एक्सबाटै ल्याईएको हो । हाईफ्लाई एक्सले अगष्टमा नेपाल वायु सेवा निगमलाई आफूले जहाज बेचेको भनेर लेखेको छ ।

नागरिक उड्ययन प्राधिकरण र वायु सेवा निगमले प्रमाण देखाएरै जहाजको स्वामित्व आफ्नै भएको प्रमाणित गरेका छन् । निगम महाप्रबन्धक कसांकारले प्रमाण नै देखाएपछि स्वामित्वका विषयमा प्रश्न उठिरहनु गलत नियत भएको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved