बुद्द एयरले अन्तराष्ट्रिय उडान भर्दै , 'टिकेट भन्दा प्याकेजमा फोकस'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2019 | 04:38:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्द एयरले अन्तराष्ट्रिय उडान भर्ने भएको छ। एयरलायन्सले राजधानीमा एक कार्यक्रम आयोजना गरि अन्तर्राष्ट्रिय परिक्षण उडान गर्ने जानकारी गराएको हो। 

अहिलेको अन्तर्राष्ट्रिय उडान बैदेशिक रोजगारलाई लक्ष्य गरेर स्थापित भएको अवस्थामा हाल संचालनमा भएका कम्पनीहरुसंग प्रतिस्पर्धा गर्न गाह्रो हुने बताउदै कम्पनी प्रबन्ध निर्देशक बिरेन्द्र बस्नेतले आफ्नो उडानको यात्रू पर्यटकले भर्ने रणनीति लिएको बताए। 

बस्नेतका अनुसार बुद्द एयरले २०७६ बैशाख २ देखि साताको ३ उडान सोमबार बुधबार र शुक्रबार काठमाडौं कलकत्ता काठमाडौं भर्नेछ। यो उडान हाल प्रयोग भईरहेको एटिआर ७२   बिमानबाटै हुनेछ। 

बस्नेतले अन्तराष्ट्रिय उडान भर्नु भनेको ठिक रणनीति नभएको खण्डमा अति जोखिमपूर्ण मानिने भएकाले आफुहरुले रणनीति जाचँ परिक्षण उडानमा आफ्नै   एटिआर ७२ बिमान प्रयोग गरिएको स्पष्ट पारे। साताको ८०० उडान मध्ये कोलकाताको ६ उडान रहनेछ। बुद्दको यो परिक्षण उडान सफल भएको अवस्थामा २०७७ साल भदौदेखि दक्षिण एसियाका बिभिन्न महानगरहरुमा जेट बिमानहरुबाट उडान संचालन सुरु गर्नेछ।

'यो परिक्षण उडान सफल भएको अवस्थामा अर्को बर्ष दुई वटा जेट एयर किन्ने र अन्तराष्ट्रिय उडानलाई निरन्तरता दिन्छौं, होइन भने ५-६ करोड घाटा लागेपनि नेपालको उड्डयन तथा पर्यटन क्षेत्रमा बुद्द एयरले एउटा प्रयास गरेको थियो भन्ने छाप रहनेछ' बस्नेतले बिजपाटीसंगको कुराकानीमा भने।     

भारतीय पर्यटन बजारमा हिमाल भनेर युरोपको स्विट्जरल्यान्ड र इटालीलाई चिनाईने गरिएकोमा ८० प्रतिशत भारतीय हिन्दुलाई नेपालजस्स्तो देबीदेवताकले भरिएको स्थलको आकर्षण गराउने सकिने लक्ष्यले आफ्नो पहिलो परिक्षण उडान कोलकाताबाट हुन लागेको बस्नेतले जानकारी दिए। 

उनका अनुसार बर्षेनी ३ करोड भन्दा बढी भारतीय विदेश घुम्न जान्छन। यी मध्ये सातामा १०० बंगाली पर्यटक नेपाल भित्र्याउन सकेको अवस्थामा पनि आफ्नो परिक्षण उडान सफल भएको मानिने बस्नेतले बताए। 

आफुहरुले टिकेट मात्र बेच्ने नभई अब प्याकेज सहितको टिकेट बेच्ने भएकाले त्यसले नेपालको पर्यटन उद्योगलाई नै ठुलो राहत पुग्ने बस्नेतको भनाई छ। आफुहरुको यो परिक्षण उडान सफल हुँदा नेपालको होटल, ट्राभल टुर्स, ट्रेकिङ एजेन्सीहरु सबैको भलो हुने भन्दै बस्नेतले सबै सरोकारवालाहरुलाई एकै ठाउँमा उभिएर सहकार्य गर्न समेत आब्हान गरे।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved