बुद्ध एयरले किन्यो १२ औं जहाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 09:12:29 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरले एक अर्ब रुपैयाँ लगानीमा अर्को एउटा जहाज खरिद गरेको छ। फ्रान्सेली जहाज निर्माता कम्पनी एटीआरसँग यो जहाज खरिद गर्न मंगलबार सम्झौता भएको बुद्ध एयरले जनाएको छ। 

बुद्ध एयरकाअनसार नयाँ जहाज आगामी फागुन तेस्रो साता (१७ देखि २३ गते) भित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।  बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटीआर ७२–५००’ सिरिजको अर्को एकथान जहाज खरिद गरेको हो। बुद्धसँग हाल यही सिरिजका ६ थान जहाज सञ्चालन गरिरहेको छ । ल्याउन लागिएको जहाज १२ औं हो।

बाह्रौं तथा ७२ सिटे एटीआर७२–५०० सिरिजको सातौं जहाज खरिद गर्न १ अर्ब रुपैयाँ लगानी गरेको बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए। उनकाअनुसार नयाँ जहाज आगामी फागुन तेस्रो साताभित्र काठमाडौं आउनेछ।   

कम्पनीले हाल दैनिक तीन दर्जनभन्दा बढी उडान गरिरहेको छ । नयाँ जहाज आएपछि विराटनगर, भैरहवा र नेपालगन्जका लागि एक–एक उडान थप्ने प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए । 

उनका अनुसार १२ औं जहाज आएपछि काठमाडौंबाट विराटनगरका लागि दैनिक ६, भैरहवा ५ र नेपालगन्जका लागि ३ उडान सञ्चालन गरिनेछन् । अर्को गन्तव्य राजविराज उडानको तयारी पनि भइरहेको छ । नेपाल आयल निगमले राजविराज विमानस्थलमा इन्धन भर्ने सुविधा उपलब्ध गराए उडान सुरु गरिने उनले बताए। 

ब्रान्ड न्यु’ (नयाँ) खरिद गर्दा २ अर्ब २५ करोड रुपैयाँहाराहारी पर्ने भएका कारण केही वर्ष उडेको जहाज १ अर्ब रुपैयाँमा खरिद गरिएको बस्नेतले बताए । मुलुकको हवाई नीतिमा १५ वर्षभन्दा पुरानो जहाज ल्याएर उडान गर्न नपाइने उल्लेख छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved