भद्रपुरमा बुध्द एयरको रात्रीकालिन परिक्षणउडान सफल, अव दैनिक ३ उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 07:19:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बुध्द एयरले भद्रपुरमा गरेको रात्रिकालिन विमान उडानको परिक्षण सफल भएको छ। हाल जडान गरिएको रनवे लाईटले अब रात्रिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिने बुद्द एयरले जनाएको छ। 

परिक्षण सफल भएसंगै बुद्द एयरले १० फेब्रुअरी बाट रात्रीकालिन उडान भर्नेछ। यससंगै भद्रपुरमा बुद्द एयरको नियमित ३ उडान हुनेछ। अहिले  भद्रपुरमा नियमित दुई उडान संचालनमा छ। 

यसअघि लो भिजिबिलिटीू र सूर्यास्तपश्चात् उडान रद्द गर्नुपर्थ्यो। जसकारण यात्रुलाई कठिनाई र विमान कम्पनीलाई पनि थप आर्थिक भार पर्ने गरेको थियो।   

रात्रीकालिन परिक्षण उडानमा मिलेको सफलताले आफुहरुले थप एक खुड्किला पार गरेको बुद्द एयरले जनाएको छ। पूर्वका चार जिल्ला झापा,  इलाम,  पाँचथर,  ताप्लेजुङको प्रवेशद्वार भद्रपुरलाई महत्त्वपूर्ण विमानस्थलको रुपमा लिइन्छ। छिमेकी मुलुक भारतका सिलिगढि,  दार्जिलिङ,  सिक्किम मात्र नभई तेश्रो मुलुक भुटान तथा बंग्लादेशलाई पनि यसले जोड्ने गरेको छ।    

अहिले दैनिक सयौं स्वदेशी तथा विदेशी यात्रुहरुले भद्रपुरबाट काठमाण्डौँको उडान भरिरहेका छन् । यसबाट स्थानीय बजारमा पनि चहलपहल बढेको छ भने रोजगारीमा पनि टेवा पुगेको छ। 

गत वर्ष खराब मौसम र लो भिजिबिलिटीूका कारण बुद्द एयर लगायत अन्य एयरलाइन्सहरुको दर्जनौ उडानहरु रद्द भएको थियो। एयरलाइन्सहरु र  यात्रुहरुको मागलाई ध्यानमा राखेर नागरिक उड्डयन प्राधिकरणले करिब ६ महिना अगाडी नै यस विमानस्थलमा प्रविधि जडान गरे पनि रात्रिकालिन उडानका लागि आवश्यक रनवे लाईटहरु जडान गर्न बाँकी थियो। अब यसको निदान भएको छ र उडान रद्द हुने समस्या टरेको छ। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved