गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीको चासो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2019 | 03:07:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमणमा रहेको जर्मनीको सांसद टोलीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवालेकन गरेको छ । जर्मनीले आन्तरिक व्यवस्थापन र सञ्चालनको जिम्मेवारी लिने भन्दै विमानस्थलको अध्ययन थालेको हो ।

जर्मन राजदूत रोलन्ड सेफरसहित लुम्बिनी पुगेको टोलीले स्तरोन्नति गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गरेको हो । अध्ययनपछि उनीहरूले प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलसँग दुईपक्षीय छलफल गरेको छ ।

जर्मन सांसद तोवियस एफ्लुगरको नेतृत्वमा शुक्रबार काठमाडौं ओर्लेको हो । टोलीले विमानस्थलमा सहकार्यका विषयमा छलफल गरी सहकार्य सम्भाव्यताबारे जर्मन सरकारलाई जानकारी गराउनेछ । टोली मंगलबार स्वदेश फर्कनेछ ।

विमानस्थलमा आगामी असारमा परीक्षण हुने जनाईएको छ । सोही लक्ष्य अनुसार काम भईरहेको आयोजनजाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved