बुध्द एयरको कोलकोता उडान जेठ १३ देखि मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2019 | 02:31:45 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको वायुसेवा कम्पनी बुध्द एयरले भारतको कोलकातामा उडान आगामी जेठ १३ देखि मात्रै गर्ने भएको छ । यसअघि उसले वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने जनाएको थियो । भारतमा लोकसभा निर्वाचन हुने भएकाले मिति सरेको बुद्ध एयरले जनाएको छ । भारतमा अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा लोकसभा निर्वाचन हुँदैछ ।
 
कोलकोतामा बुद्धको एटिआर ७२–५०० जहाजले साताको नियमित ३ उडान भर्नेछ । निर्वाचनले उडान मिति परिवर्तन भएपनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले जनाएको छ । उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुनेछ ।
 
भारतीय यात्रुहरुको लागि बुध्द एयरको भगीनी संस्था बुध्द होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजहरु पनि सञ्चालन गर्नेछ । बुध्द एयरसँग अहिले ६ वटा एटिआर ७२–५००, तीनवटा एटिआर ४२–३२० र २ वटा बीचक्राफ्ट जहाज सन्चालनमा छन् । थप अर्को एटीआर ७२ जहाज अर्को महिनादेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved