बुध्द एयरले किन्यो नयाँ जहाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2019 | 01:47:28 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको विमान सेवा प्रदायक बुध्द एयरले नयाँ जहाज किनेको छ । बुद्धले एटिआर ७२–५०० जहाज भित्र्याएसँगै कम्पनीसँग जहाजको संख्या १२ पुगेको छ । 

फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीद्वारा निर्मित नाइन एन एएमवाई कलसाइन जहाज बुद्ध एयरले सोमबार बेलुका ८ः३० बजे नेपाल लयाईपुर्याएको हो । जहाज लिन बुध्द एयरबाट गत साता प्राविधिक टोलि फ्रान्स गएको थियो ।

थपिएको जहाजसहित कम्पनीसँग ७ वटा एटिआर ७२–५००, तीनवटा एटिआर ४२–३२० र दुईवटा बीचक्राफ्ट १९०० डी रहेका छन् । हिजो आएको नयाँ जहाजले रंगरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महिनाबाट उडान भर्नेछ । 

बुध्द एयर आगामी आगामी जेठ १३ बाट एटिआर ७२–५०० मार्फत भारतको कोलकोतामा पनि उडान भर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved