बुटिक विमानस्थलको उद्घाटन आगामी पुसमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2019 | 11:55:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा स्थापीत गर्ने सम्बन्धि कार्यविधि पारित गरेको छ । फागुन १८ गतेको मन्त्रीपरिषद् बैठकले यो कार्यविधि पारित गरेको हो । कार्यविधिमा नेपालको कला, संस्कृति, भूगोल, इतिहास, प्राकृतिक सौन्दर्य सहित आधुनिक सुविधा सम्पन्न हुने गरी विमानस्थललाई बुटिक विमानस्थलमा विकास गरिने जनाईएको छ । 

चैत मसान्तसम्ममा यसको अवधारणा पत्र तयार गर्ने र २०७६ पुस १७ सम्ममा सबै काम सकेर उद्घाटन गर्ने सरकारको लक्ष्य छ । यसका लागी भने निर्देशक समिति गठन गरिनेछ । 

विमानस्थललाई बुटिक विमान्स्थल बनाउन १० लाखदेखि २० लाखसम्मको खरीदका लागि कार्यसम्पादन समितिको संयोजकको स्वीकृतिमा र त्यसभन्दा माथिको हकमा कार्यसम्पादन समितिको सिफारिशमा निर्देशक समितिको स्वीकृति लिई खर्च गर्न सक्ने व्यवस्था छ । कार्यसम्पादन समितीको संयोजकमा विमानस्थलका महाप्रबन्धक र निर्देशक समितिमा पर्यटनमन्त्री रहने व्यवस्था छ ।

यसअघि बैशाखमा बुटिक विमानस्थलको उद्घाटन गर्ने भनिएपनि पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि पौषका लागी सारिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved