नेपाल वायुसेवा निगमको काठमाडौं–दुबई उडान तालिका फेरबदल, हप्तामा तीन उडान मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2019 | 02:49:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले काठमाण्डौंदेखी संयुक्त अरब इमिरेट्स (दुबई) मा गर्दै आएको उडान तालिका परिर्वतन गरेको छ । त्रिभुवन विमानस्थल र दुबईको विमानस्थल टर्मिनल दुईको धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले उडान तालिका परिवर्तन भएको नेपाल एयरलाइन्स युएई शाखाले जनाएको छ । 

एयरलाइन्सले अब वाइडबडी विमानमार्फत हप्तामा तीन मात्र उडान गर्नेछ । नयाँ उडान तालिका चैत १८ गते अर्थात अप्रिल १ देखि ०७६ असार १५ अर्थात जुन ३० सम्म लागू हुनेछ । 

दुबई विमानस्थलको धावनमार्ग पनि मर्मत गरिने भएकाले तीन महिनाका लागि दुबईमै रहेको अल मक्तुम विमानस्थलबाट उडान र अवतरण गर्ने एयरलाइन्सका यूएई प्रमुख टिकाराम पङ्गेनीले जानकारी दिएका छन् । 

नयाँ समयतालिका अनुसार काठमाडौंबाट मंगलबार, बिहीबार र शनिबार तथा दुबईबाट बुधवार, शुक्रबार र आइतबार मात्रै उडान हुनेछ । एयरलाइन्सले नेपालबाट राती सवा ९ बजे र दुबईबाट बिहान २ः२० मा उडान भर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved