त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2019 | 02:44:30 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्न भोलीदेखी तीन महिनासम्म एयरपोर्ट दैनिक १० घण्टा बन्द हुने भएको हो । 

अहिले बिहान ६ बजेदेखी राति ३ बजेसम्म सञ्चालन भईरहेको विमानस्थल अबदेखी भने बिहान ८ बजेबाट राति १० बजेसम्म मात्र खुला गरिनेछ । विमानस्थलको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग बनेदखी मर्मत भएको थिएन । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार धावनमार्ग मर्मतको समयमा पनि नियमित उडान भने कटौती हुने छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved