सकियो पोखरा विमानस्थलको धावनमार्ग निर्माण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 10:56:02 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा क्षेत्रीय विमानस्थलको धावनमार्ग निर्माणको काम सकिएको छ । विमानस्थलको रन–वे तयार भएसँगै यो आयोजना तोकिएको समयभन्दा पहिले नै निर्माण हुने राष्ट्रिय गौरबको आयोजना बन्ने निश्चित भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक राजन पोखरेलका अनुसार विमानस्थलको धावनमार्ग निर्माणको काम सकिएको हो । २ हजार ५ सय मिटर लामो धावन मार्गमा ढलान गरिएको छ । अन्य विमानस्थलमा पिच गर्ने गरिएपनि पोखरामा भने रन–वेमा ढलान गरिएको हो ।

सन् २०२१ को जुलाइमा निर्माण सक्ने सरकारी लक्ष्य भएपनि २०२०को डिसेम्बरभित्रै यो विमानस्थल सञ्चालनमा आउने विश्वास लिईएको छ । एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत ९बैंकको २ प्रतिशत ब्याजमा० र २५ प्रतिशत चीन सरकारको निर्ब्र्याजी ऋणमा विमानस्थल निर्माण भइरहेको छ ।

अहिले विमानस्थलको ट्याक्सी–वे निर्माणको काम भइरहेको छ । मुख्य टर्मिनल भवनको काम दुई तिहाई सकिएको आयोजनाले जनाएको छ ।

इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तरार्ष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘४ डी’ विमानस्थल बन्दैछ । चिनियाँ कम्पनी सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने शर्त छ । करिब २२ अर्ब रुपैयाँमा निर्माण सम्झौता भएको यो आयोजनाका लागी सरकारले २०३२ सालमै ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved