निगमको जापान उडान निश्चित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 03:04:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले जापानको ओशाका उडान भर्ने निश्चित भएको छ । जापान सिभिल एभिएसन ब्यूरोबाट उडान अनुमति प्रमाणपत्र प्राप्त गरेपछि निगमले वाइडबडी विमानबाट जापान उडान सुरु गर्ने भएको हो । 

निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार वाइडबडी विमानबाट सातामा तीनओटा सीधा उडान गर्ने तयारी भइरहेको छ । निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भने एओसी पाइसकेको छ । केही समयपछि जापानकै नारिता विमानस्थलमा पनि सीधा उडान गर्ने तयारी भइरहेको खरेलले जानकारी दिए । त्यसपछि काठमाडौं–ओशाका दुई र काठमाडौं–नारिता दुई गरी सातामा चारओटा उडान गरिने उनले बताए । काठमाडौं–ओशाका उडान समय करीब आठ घण्टाको हुनेछ । ओशाकाका लागि निगमले कर्मचारी खटाइसकेको छ ।

‘अन्तरराष्ट्रिय उड्डयन संगठन (आईकाओ)को सेफ्टी लिस्टबाट नेपाल हट्दा पनि यूरोपियन यूनियनले कालोसूचीमा राखिरहेको छ । जापान उड्नासाथ अन्य देशहरूमा जान पनि यसले सकारात्मक सन्देश प्रवाह गर्ने निगमको विश्वास छ,’ खरेलले भने । 

अहिले निगमको अन्तरराष्ट्रिय बजार हिस्सा करीब १२ प्रतिशत छ । जापान उडान शुरू गरेपछि बजार हिस्सा करीब १८ प्रतिशत पुग्ने निगमको अनुमान छ । नेपाल र जापानबीचको द्विपक्षीय हवाई सम्झौताअनुसार नेपालका एयरलाइन्सहरूले जापानको हानेदाबाहेकका सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन् । नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved