क्याप्टेन विजय लामालाई जहाज उडान राेक, यात्रूको सुरक्षामा लापरबाहीको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 04:53:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा निलम्बनमा परेका छन्   । नेपाल नागरिक उडड्यन प्राधिकरणले लामाको लाइसेन्स सस्पेन्ड गरिदिएको हो। 

प्रबक्ताको रुपमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो। स्पष्टीकरण चित्त बुझ्दो नभए पछि प्राधिकरणले तत्कालको लागि लामालाई निलम्बन गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार लामालाइ प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान राेक लगाउने निर्णय गरेको छ । प्रवक्ताले नै एअरलाइन्सको बारेमा निकै नकारात्मक धारणा राखेको र त्यसले यात्रुको सुरक्षामा गम्भीर लापर्वाही गरेको देखिएकोले  निलम्बन गरिएको प्राधिकरणले जनाएको छ  । 

पाइलट लामालाई प्रवक्ताको पदमा रहुञ्जेल जहाज नउडाउन र अन्तर्राष्ट्रिय नागरिक उडड्यनसँग सम्बन्धित नियम सिकाउन समेत प्राधिकरणले नेपाल वायु सेवा निगमलाई  निर्देशन दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved