भियतनामसँग सीधा हवाइ सम्झौता हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 11:07:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र भियतनामबीच सिधैँ हवाई सम्पर्कको सम्झौता हुने भएको छ । भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यसूचीमा भियतनामसँग सिधैँ हवाई सम्झौता गरिने उल्लेख छ । 

समकक्षी गुएन सुआन फुकको निमन्त्रणामा बिहीबार प्रधानमन्त्री ओली भियतनाम पुगेका हुन् । ओली ह नाम प्रान्तमा हुने अन्तर्राष्ट्रिय वैशाख दिवसमा सहभागी हुने छन् । बौद्धमार्गीले निकै महत्वका साथ मनाउने यो दिवस नेपालका लागि बुद्धजन्मस्थल लुम्बिनीको प्रवर्द्धन गर्ने अवसर हो ।  

नेपालमा सबैभन्दा धेरै पर्यटक आउने १५ देशको सूचीमा भियतनाम पनि पर्ने भएकाले यो देशसँग हवाई सम्झौता आवश्यक रहेको पर्यटन व्यवसायीको भनाई छ । लुम्बिनी नजिकै निर्माणको अन्तिम चरणमा रहेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट सिँधै पर्यटक ओराल्ने गरी सम्झौता हुन लागेको बुझिएको छ । भियतनामबाट अहिले मासिक एक हजार पाँच सयको हाराहारीमा पर्यटकहरु नेपाल आउने गरेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved