गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 11:11:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको विमानस्थल विदेशी कम्पनीले नै सञ्चालन गर्ने भएका छन् । यसअघि जर्मनीले उक्त विमानस्थल सञ्चालनको आकांक्षा देखाएको थियो । 

यसअघि अर्थ मन्त्रालयले विमानस्थल सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले सञ्चालन गर्ने वा प्रतिस्पर्धाबाट विदेशी ल्याएर विमानस्थल सञ्चालन गर्न सक्ने विकल्प प्रस्तुत गरेको थियो । अर्थले दिएको दुई विकल्पमध्ये नागरिक उड्ययन मन्त्रालयले भने विदेशी कम्पनी ल्याएर सञ्चालन गर्न दिने तयारी थालेको छ । स्वर्गीय पर्यटनमन्त्री रबीन्द्र अधिकारीले पनि प्राधिकरणले अहिलेकै अवस्थामा विमानस्थल सञ्चालन गरेर नाफामा लैजान नसक्ने भन्दै प्रतिस्पर्धाबाट विदेशी कम्पनी ल्याउने संकेत गरेका थिए । 

अहिले सरकारले पनि विमानस्थल व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी अगाडी बढाएको छ । मन्त्रालयका कार्यबाहक सचिव सुरेश आचार्यका अनुसार विमानस्थलको अनुगमनको सम्पूर्ण काम सरकारले नै गर्ने तर ब्यवस्थापनको जिम्मा भने विदेशी कम्पनीलाई दिने तयारी सुरु भएको छ । 

विदेशी कम्पनीलाई गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा दिन मत्रिपरिषद्मा फाईल पुगेको र हाल सम्म स्वीकृत भएर नआएको आचार्यले जानकारी दिए । उक्त फाईल स्वीकृत भएर आएपछि ग्लोबल टेण्डर आह्वान गर्ने मन्त्रालयको तयारी रहेको छ । अन्तराष्ट्रिय अभ्यास अनुसार नै विमानस्थल व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिन लागिएको सरकारको दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved