गौतम बुद्ध विमानस्थलका लागि थप ७० करोड निकासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 11:14:48 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण कार्य रोकिएको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम सोमबारबाटै सुरु हुने भएको छ । ठेकेदार कम्पनीले सरकारले भूक्तानी नगरेको भन्दै आइतबारबाट आयोजनाको काम रोकेको थियो । तर सरकारले राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाई गर्न नहुने भन्दै ७० करोड रुपैयाँ निकासा गरेपछि आयोजनाको बाँकी काम सोमबारबाटै सुरु हुन लागेको हो । 

ठेकेदार कम्पनी नर्थवेस्टले २२ दिन देखी सरकारले भुक्तानी नगरेको बताएको भोलिपल्टै अर्थ मन्त्रालयले ७० करोड रुपैयाँ निकासा गरेको हो । राष्ट्रिय गौरवको आयोजना प्रमुख प्रदिप अधिकारीका अनुसार अर्थले रकम स्रोतान्तर गरेलगत्तै पर्यटन मन्त्रालयले सोमबार एसियाली विकास बैंकमा पत्र पठाउने छ । 

एडीबीले विमानस्थलका लागि छुट्याएको रकम सकिएपछि अर्थमन्त्रालयले उक्त रकम स्रोतान्तर गरेको हो । अर्थमन्त्रालयसँग ओफिट शीर्षकमा एडीबीले दिएको १ अर्ब ३ करोड रुपैयाँमध्ये ७० करोड स्रोतान्तर गरिएको हो । 

विमानस्थल निर्माणका लागि चालु आर्थिक वर्षमा सरकारले ५९ करोड ४१ लाख रुपैयाँ बजेट दिएको थियो । तर सो दोस्रो चौमासिकमै सकिएपछि आयोजनाले थप रकम माग गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved