अमेरिकी एयरपोर्ट संसारकै खराब, कुन विमानस्थल उत्कृष्ट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 01:53:03 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको नेवार्क लिबर्टी विमानस्थल संसारकै सबैभन्दा खराब विमानस्थलका रुपमा देखिएको छ । एयर हेल्प अर्गानाइजेसनले गरेको एक अध्ययनअनुसार यो विमानस्थल सन् २०१८ को सबैभन्दा खराब विमानस्थल हो । यो संस्थाले यात्रुको गुनासा, क्षतिपूर्ति माग र ढिलो भएकामा रिसाउने यात्रुको गणनाका आधारमा अध्ययन गरेको हो । 

गत वर्षको अध्ययन अनुसार अमेरिकाका कुनै पनि विमानस्थलले राम्रो स्थान हासिल गर्न सकेका छैनन् । सबैभन्दा राम्रो विमानस्थल मानिएको हार्टस्फिल्ड ज्याक्सन एटलान्टा एयरपोर्ट पनि विश्वभरका १३२ विमानस्थलमध्ये ३४औँ स्थानमा सिमित छ । 

अमेरिकामा विमान उडान र अवतरण निकै सकसको विषय हो । मौसमले साथ नदिने हुनाले अमेरिकामा विमान उडान र अवतरण निकै संवेदनील मानिन्छ । ‘विमानका लागि अमेरिकाको मौसम ठूलो समस्या हो,’ एयर हेल्पका प्रमुख कार्यकारी अधिकृत हेनरिक जिलमरले भने, ‘बरु तुलनात्मक रूपमा युरोपको मौसम ठीक छ ।’ 

‘विमान उडान र अवतरणका लागि अमेरिका यति संवेदनशील छ कि थोरै मात्रामा हिउँ जमे पनि जोन एफ केनेडी विमानस्थल बन्द भइदिन्छ,’ ८६औँ स्थानमा रहेको विमास्थलबारे जिलमर भन्छन् ‘यसबाहेक पनि अमेरिकाको सेवामा गुणस्तरको समस्या र लामो सुरक्षा लाइन ठूलो समस्याका रूपमा छ ।’

विमानस्थलहरूका विशेषता तीन क्षेत्रको मापनका आधारमा श्रेणीकृत गरिएको थियो । पहिलो, समयमै हुने कार्यसम्पादन (अन टाइम पर्फर्मेन्स), दोस्रो, सेवाको गुणस्तर र तेस्रो, खाना र किनमेलको अवसर । पहिलोमा न्यूनतम ६० प्रतिशत ओगट्थ्यो भने बाँकीका दुईलाई  २०/२० प्रतिशत राखिएको थियो ।

एयर हेल्पले ४० देशका व्यावसायिक उडान, आफ्नै डाटाबेस र ४० हजारभन्दा बढी यात्रुको तथ्यांक संकलन गरेपछि यो रिपोर्ट सार्वजनिक गरेको हो । यसको रिपोर्टमा सबैभन्दा अग्रस्थानमा दोहाका हमद अन्तर्राष्ट्रिय विमानस्थल, टोकियोको हानेदा अन्तर्राष्ट्रिय विमानस्थल र एथेन्स अन्तर्राष्ट्रिय विमास्थल छन् । यी विमानस्थलले सन् २०१५ देखि नै आफ्नो अग्रस्थान सुरक्षित राख्दै आएका छन् ।

विश्व पर्यटन संघका अनुसार सन् २०१८ मा पर्यटकहरू १ अर्ब ४० करोड थिए । यो कुल जनसंख्याको करिब २० प्रतिशत हो । अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले पर्यटक बढेका थिए ।

उत्कृष्ट विमानस्थल:

हमद अन्तर्राष्ट्रिय विमानस्थल, कतार

टोकियो अन्तर्राष्ट्रिय विमानस्थल, जापान

एथेन्स अन्तर्राष्ट्रिय विमानस्थल, ग्रिस

अफन्सो पेना अन्तर्राष्ट्रिय विमानस्थल, ब्राजिल 

दान्स लेच वालेसा विमानस्थल, पोल्यान्ड

सेरमेत्येभ्यो अन्तर्राष्ट्रिय विमानस्थल, रुस

चाँगी विमानस्थल, सिंगापुर

राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, भारत

टेरेरिफ नर्थ विमानस्थल, स्पेन

भिराकोपोसरक्याम्पिनास अन्तर्राष्ट्रिय विमानस्थल, ब्राजिल

खराब विमानस्थल:

लन्डन ग्याटविक विमानस्थल, बेलायत

विल्ली विसोप टोरोन्टो सिटी विमानस्थल, क्यानाडा 

पोर्टो विमानस्थल, पोर्चुगल

पेरिस ओर्ली विमानस्थल, फ्रान्स 

म्यानचेस्टर विमानस्थल, बेलायत

माल्टा अन्तर्राष्ट्रिय विमानस्थल, माल्टा

हेनरी कोन्डा अन्तर्राष्ट्रिय विमानस्थल, रोमानिया

इन्डोभेन विमानस्थल, नेदरल्यान्ड

कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत

लिस्बोन पोर्टेला एयरपोर्ट, पोर्चुगल

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved