यात्रु नपाएपछि निगमको जापान उडान स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 02:51:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमको जापान उडान रोकिएको छ । असार १९ गतेदेखि उडान भर्ने तयारी भए पनि यात्रु नपाएपछि उडान स्थगित गरिएको हो । 

गत वैशाख १५ गते नै निगमले जापानको ओसाकामा उडान गर्ने अन्तिम टुंगो लागेको भन्दै हप्तामा ३ उडानको तालिकासहित भाडा पनि तय गरेको थियो । तर टिकट बुकिङ खुलाउँदा पनि यात्रु नपाएपछि निगमले उडान एक महिना पछि सारेको हो । 

नेपाल एअरलाइन्सले काठमाण्डौ–ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको छ । 

निगमले यसअघि सन् १९९४ देखि २००७ सम्म जापानमा साताका दुई उडान गरेको थियो । तर जहाज अभाव हुँदै गएपछि १२ वर्ष अघिदेखि नेपालबाट जापानको सिधा उडान रोकिएको छ । 

लामो दूरीमा उडान भरेर निगमलाई उकास्ने भन्दै निगमले पोहोरको असार र साउनमा २४ अर्ब रुपैयाँ लागतका एअरबस ३३०–२२० सिरिजका २ वटा जहाज ल्याएको थियो । निगमले नयाँ जहाजमार्फत दक्षिण कोरिया, जापान र चीनमा उडान भर्ने जनाएको थियो । व्यवस्थापन फितलो हुँदा २ सय ७४ सिट क्षमताका वाइडबडी जहाज पनि छोटा दुरीमै खुम्चिएका छन् । 

अहिले निगमका एअरबसका २ वटा वाइडबडी, २ वटा न्यारोबडी र एउटा बोइङ ५७५ सिरिजको जहाजले मुम्बई, दिल्ली, बेंग्लोर, हङकङ, दुबई, कतार र मलेसियामा उडान भर्दै आइरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved