‘वायु सेवा निगमलाई १ रुपैयाँ दिन्न’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 10:26:40 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगममा सरकारले लगानी गर्न नसक्ने बताएका छन् । निगमको नेतृत्वप्रति कडा रुपमा प्रस्तुत हुँदै प्रधानमन्त्रीले अहिलेकै अवस्थामा नियमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ पनि नदिने बताएका हुन् । 

आईतबार नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सवमा प्रधानमन्त्रीले निगमका कार्यकारी अध्यक्ष मदन खरेलप्रति लक्षित गर्दै व्यवस्थापन नसुधारेसम्म सरकारले निगममा एक रुपैयाँ पनि लगानी नगर्ने प्रष्ट पारे । 

‘वायु सेवा व्यवस्थापनले जहाज किन्ने तर उडाउन नसक्ने अनि घाटामा छ भनेर सरकारसँग पैसा कहिलेसम्म मागिरहने ?’ ओलीले प्रश्न गरे । उनले थपे, ‘जहाज छन् तर उडाउने पाइलट छैनन् । गन्तव्य छैन । कहाँ उडाउने टुंगो छैन । भद्रगोल व्यवस्थापन छ । यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्यो । आफैं सक्ने भए छिटो गर्न पर्यो ।’ 

‘गर्नुपर्ने काम नगर्ने अनि यति र उति अर्ब चाहियो भन्दैमा सरकारले पैसा दिदैन, यसका लागि सुव्यवस्थापनको ग्यारेन्टी चाहिन्छ’ निकै आक्रामक देखिएका प्रधानमन्त्री ओलीले भने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved