चीनसँगको हवाई वार्ताका लागि नेपाली टोली बेइजिङ जाँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 06:57:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र चीनबीच द्विपक्षीय हवाई वार्ता हुँदैछ । बिहीबार र शुक्रबार बेइजिङमा हुने वार्ताका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य नेतृत्वको नेपाली टोली आज बेइजिङतर्फ जाँदैछ । 

सन् २०१४ मा नेपाल र चीनबीच सातामा दुईतर्फी ५६/५६ उडान गर्ने सम्झौता भएको थियो । चीनीयाँ जाहाजले नेपालमा धेरै उडान भर्न थालेपछि ५६ बाट बढाएर ७० उडान पुर्याईएको छ । अहिले चीनले करिब ७० उडान गर्छ । चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन् । 

सन् २०१४ को सम्झौतामा नेपाल–चीन दोहोरो उडान भनिएपनि अहिलेसम्म नेपाली विमानलाई चीनले उडान अनुमति दिएको छैन । नेपाल चीन उडानमा चीनीयाँ जहाजले एकलौटी व्यापार हिस्सा ओगटेका छन् । 

नेपाली टोलीको नेतृत्व गरेर बेइजिङ जान लागेका सहसचिव आचार्य नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले चीनमा उडानको तयारी गरेको र यसका लागि यो वार्तामा सहजिकरण हुने बताएका छन् । नेपालले चीनसँगको वार्तामा कुनै विमानस्थल नतोकी सबै विमानस्थलमा जान पाउने गरी सम्झौता हुने अपेक्षा गरेको छ । 

एनएसीले चीनको ग्वाङझाउ उडानको योजना बनाएपनि चीनले अनुमति दिएको छैन । चीनकै लगानी रहेको हिमालय एयरलाइन्सले भने सन् २०१९ भित्रै बेइजिङ उडान भर्ने योजना बनाएको छ । हिमालयले नाङचाङ, चोङकिङ, चाङ्सा, गुइयाङजस्ता गन्तव्यमा पनि उडानको योजना बनाएको बताएको छ । 

गत हप्ता मात्रै मन्त्रीपरिषद् बैठकले नेपाल र चीनबीच हुने हवाई सेवा सम्झौता पुनरावलोकनको स्वीकृति दिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved