चीनका १५ विमानस्थलमा नेपाललाई उडान अनुमति, ८ वटा हवाई रुट प्रयोग गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 10:06:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र चीनबीच हप्तामा ९८ वटासम्म उडानको सम्झौता भएको छ । योसँगै ८ वटा हवाई रुट प्रयोग गर्न सकिने पनि सहमति भएको छ । 

शुक्रबार बेइजिङमा भएको सम्झौता अनुसार नेपालले चीनका १५ वटा विमानस्थलमा उडान अनुमति पाएको छ । चीनले पोखरा र गौतमबुद्ध विमानस्थलमा हप्तामा २१ वटासम्म उडान गर्न पाउने भएको छ । दुई पक्षीय वार्तापछि भएको नयाँ हवाई उडान सम्झौतालाई ‘ब्रेक थ्रु’ मानिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव सुरेश आचार्य नेतृत्वको नेपाली टोली र बाई वेनली नेतृत्वको चिनीइाँ टोलीबीच बेइजिङमा दुई दिन वार्तापछि सम्झौता भएको हो ।

‘बेइजिङ, सांघाई, सियान, ग्वान्झाओ, ल्हासा लगायत विभिन्न १५ गन्तव्यमा नेपालले अनुमति पाएको छ । यसअघि दुई देशबीच हप्तामा ७० वटासम्म उडान गर्न पाउने व्यवस्था थियो । 

चीन नेपालबाट हिमालय क्षेत्र हुँदै कैलाश मानसरोवर ‘लेक फ्लाइट’ को अनुमति दिन पनि चीन सकारात्मक देखिएको छ । यसका लागि तिब्बतको गुन्सा विमानस्थल प्रयोग गर्नुपर्ने र उक्त एयरपोर्ट अहिले अन्तर्राष्ट्रिय स्तरको नभएका कारण प्रत्रmिया रोकिएको छ । सो विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाएपछि अनुमति दिन चीन सकारात्मक देखिएको नेपाली पक्षले बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved