नयाँ जहाज किन्दै हिमालय एयरलाइन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 04:36:16 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा नियमित उडान गर्ने भएको छ। एयरलाइन्सले बेइजिङको नयाँ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ। डाक्सिङ विमानस्थल सेप्टेम्बरबाट सञ्चालन हुनेछ। 

एयरलाइन्सले डाक्सिङ विमानस्थल संचालनमा आएपछि उडान गर्नेगरी तयारी गरिरहेको छ। एयरलाइन्समा ४९ प्रतिशत चिनियाँ लगानी रहेको छ । एयरलाइन्सले उडान अनुमति लगभग पाइसकेको छ तर केही तयारीपछि उडानको मिति तय गर्ने जनाइएको छ । 

प्रशासनिक प्रक्रियादेखि अन्य तयारिको काम बाँकि रहेकोले उडानको लागि केहि समय लाग्ने एयरलाइन्सले बताएको छ । एयरलाइन्ससँग अहिले भएका जहाजबाट व्यावसायिक उडान सम्भव नभएकोले ए३१९ सिरिजका जहाज ल्याएर उडान भर्ने तयारि शुरु भएको अधिकारिहरुले बताएका छन्।

आज सम्पन्न भएको हवाइ सेवा सम्झौता पुनरावलोकनबाट नेपालले नयाँ आठ विमानस्थलमा उडान गर्न पाउने भएपछि एयरलाइन्सले उडान प्रक्रिया शुरु गर्ने जानकारी दिएको छ।


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved