जापानको नारितामा नेपाल एयरलाईन्सलाई उडान अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 02:18:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले जापानको नारितामा चार्टर्ड उडान अनुमति प्राप्त गरेको छ । जापानको ओशाकामा मात्र अनुमति पाएको नेपाल एयरलाइन्सले नारितामा पनि अनुमति पाएको हो । निगमले आगामी भदौ दोस्रो साताबाट ओशाकामा भने सेड्यल फ्लाईट नै सुरु गर्दैछ । 

यसअघि ओशाकामा मात्रै उडान अनुमति पाएको विषयमा उक्त शहर नेपाली कम बस्ने भन्दै निगमको आलोचना भएको थियो । नेपालीहरुको बाहुल्यता रहेको शहरमा उडान अनुमतिको प्रयास गरिरहेको निगमले नारितामा पनि अनुमति पाएको हो । 

निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार आगामी अक्टोबरबाट चार्टर्ड उडान गर्ने गरी अनुमति प्राप्त हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved