इतिहासमै पहिलोपटक नेपाल–जापान सिधा हवाई उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 12:58:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सले सिधा जापान हवाई उडान भर्दैछ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब ७ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ ।

राति २ः३० बजे हुने पहिलो उडानमा ९० यात्रु सहभागी हुँदैछन् । साथमा २५ जनाको नेपाली टोली पनि जापान जाँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाको नेतृतवमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरु उडानमा सहभागी हुनेछन् । 

विमानस्थलमा औपचारिक कार्यक्रम गरेरै टोलीलाई विदाई गरिने छ । जापानबाट नेपाल फर्किदा पनि औपचारिक कार्यक्रम गरी स्वागत गरिनेछ ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३०–२०० जहाजमार्फत उडान गर्नेछ । वाइडबडीको यो पहिलो लामो दूरीको उडान हो । एनएसीको लागि ओशाका पुरानै गन्तब्य हो । तर यसअघि सिधा उडान भने थिएन । काठमाडौंबाट चीनको सांघाईमा ट्रान्जिट गरी ३० अक्टोवर १९९४ देखि १२ अप्रिल २००७ सम्म एनएसीले ओशाका उडान भरेको थियो । 

अब नेपाल एयरलाइन्सले हप्तामा मंगलबार, बिहीबार र शनिबार गरी आशोकमा सिँधा तीन उडान भर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved