आकाशमै इन्जिन फेल भएको जहाज सकुशल अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 10:09:22 AM मा प्रकाशित

laxmi  sunrise bank

एउटा इन्जिन आकाशमै फेल भएको सीता एयरको ड्रोनियर जहाज सकुशल अवतरण गरिएको छ। क्याप्टेनले सकुशल काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गराएका हुन्।

लुक्लाबाट काठमाडौँ आएको सीताको ‘नाइनएन–एजेएच’ नेपाली दर्ता नम्बर भएको सीताको जहाजको दायाँ इन्जिन अकाशमै फेल भएको थियो । क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाज उडानकै क्रममा प्राविधिक समस्या आएपनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण भएको छ । 

जहाज आज बिहान ८ः५० बजे काठमाडौं विमानस्थलमा अतवरण गरेको थियो । जहाजमा उडान दलका सदस्य मात्रै थिए, यात्रु थिएनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved