सर्वसाधारणले जहाजभित्रै मन्त्री योगेश भट्टराइको सात्तो लिए (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2019 | 08:07:40 PM मा प्रकाशित

laxmi  sunrise bank

आफुहरुलाई जहाजमा एक घण्टा कुर्न बाध्य पारेको भन्दै सर्वसाधारणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइको सात्तो लिएका छन।

नेपालगंज विमानस्थलमा एक घण्टा कुराएपछि सर्वसाधारणले मन्त्री भट्टराइको सात्तो लिएका हुन। निर्धारित समयमा उडान नगरी मन्त्री भट्टराइलाई नै पर्खेकाले आफुहरुले एक घण्टा कुर्नुपरेको भन्दै आक्रोशित सर्वसाधारण नागरिकले मन्त्री भट्टराइसंग स्पष्टिकरण मागेका छन। 

'हामीलाई एक घण्टा ढिला गराउने तपाइँ कहाँ हुनुहुन्थ्यो, मोज मस्तीमा हुनुहुन्थ्यो' भन्दै सर्वसाधारणले सोधेको प्रश्नमा मन्त्री भट्टराइले कुनै जवाफ दिएका छैनन।      

'कहिले प्रधानमन्त्री आउने दुई घण्टा रोक्ने, कहिले मन्त्री आउने एक घण्टा रोक्ने, यो तानाशाह भन्दा पनि बढी भयो' भन्दै सर्वसाधारणले मन्त्री भट्टराइसंग आक्रोश पोखेका छन। उनीहरुले मन्त्री भट्टराइले सर्वसाधारणसंग माफ नमागेसम्म आफुहरुले प्लेन उड्न नदिने बताएका छन। 

त्यस्तै सर्वसाधारणले बुद्द एयरलाइन्सका कर्मचारीसंग समेत आक्रोश पोख्दै तपाईहरु मन्त्रीको चम्चा कि सर्वसाधारणलाई उडान सेवा दिने कम्पनी भन्दै प्रश्न गरेका छन। बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरका विमान मन्त्रीका कारण विमान ७ बजेर ८ मिनेटमा उडेको नेपालगञ्ज विमानस्थलले जनाएको छ। जहाजमा भ्रष्टाचारविरूद्धका अभियान्ता ज्ञानेन्द्र शाहीसमेत रहेका थिए । भट्टराईविरुद्ध नाराबाजी गर्दै हातपात प्रयास भएको नेपालगन्ज विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रेमसिंह भण्डारीले जानकारी दिए। मन्त्री भट्टराई कैलालीको सतीघाटमा आयोजना भएको डल्फिन महोत्सवको उद्घान गरेर फर्किँदै थिए ।    

यता बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले आफुलाई यसबारे कुनै जानकारी नभएको बताएका छन। ' मौसमको खराबीका कारण आज शनिबार दिनभर जसो उडानमा ढिलाई भैरहेको थियो, उडान एक दुई घण्टा ढिला भएको हो तर मन्त्रीलाई पर्खेकै कारणले ढिला भएको हो भन्नेबारे मलाई कुनै जानकारी आएको छैन' उनले बिजपाटीलाई भने।  


 भिडियो स्रोत: ज्ञानेन्द्र शाही 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved