दरबारियाको नियत बुझिहाले भन्दै मन्त्री भट्टराइले मागे क्षमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2019 | 09:27:39 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले आफ्नो कारणले जहाज उडानमा ढिलाई भएको स्वीकार गरेका छन। आफ्ना कारणले  आरोपितले भनेझैं एक घण्टा नभई १५ मिनेट मात्र जहाज उड्न ढिलो भएको मन्त्री भट्टराइले सामाजिक संजाल मार्फत स्पष्टिकरण दिएका छन।

कैलालीको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने योजनामा रहेको तर कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गर्दा उडान १५ मिनेट ढिलो भएको मन्त्री भट्टराइले बताएका छन। 'सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो' उनले भनेका छन। 

भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको जवाफ दिने कार्यक्रम रहेकाले जसरि पनि काठमान्डू फर्कनु पर्ने भएकाले आफुले बुद्द एयरलाई केहि मिनेट पर्खन अनुरोध गरेको मन्त्री भट्टराइले बताएका छन। 

यद्दपी नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरु आक्रामक शैलीमा आफ्ना बिरुद्द आक्रामक रुपमा प्रस्तुत भएर 'पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? भन्ने प्रश्न गरेपछि आफुले बुझेर संयमता अपनाएको मन्त्री भट्टराइले बताएका छन। 'मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु' मन्त्री भट्टराईले बताएका छन। 

युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेका थिए। उनकै टोलि मध्येकाले मन्त्री भट्टराइ माथी हातपातको प्रयास गरेको प्रहरीले जनाएको छ। शाहीले मन्त्री भट्टराईका कारण एक घण्टा उडान ढिलो भएको भन्दै 'मन्त्री भट्टराइमाथी राम धुलाई भएको' स्ट्याटस लेखेका थिए। बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरका विमान मन्त्रीका कारण विमान ७ बजेर ८ मिनेटमा उडेको नेपालगञ्ज विमानस्थलले जनाएको छ।

यसअघि: सर्वसाधारणले जहाजभित्रै मन्त्री योगेश भट्टराइको सात्तो लिए (भिडियो सहित)

यता बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले आफुलाई यसबारे कुनै जानकारी नभएको बताएका छन। कुनै पनि भिआइपी यात्रुका कारण सर्वसाधारणलाई दुख नदिएको दाबि गर्दै उनले भने 'मौसमको खराबीका कारण आज शनिबार दिनभर जसो उडानमा ढिलाई भैरहेको थियो, उडान एक दुई घण्टा ढिला भएको हो तर मन्त्रीलाई पर्खेकै कारणले ढिला भएको हो भन्नेबारे मलाई कुनै जानकारी आएको छैन' उनले बिजपाटीलाई भने।  

मन्त्री भट्टराईको प्रतिक्रिया यस्तो छ-
आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।
सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडांै र्फकनैपर्ने दबावमा म थिएँ । नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु ।’
मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved