छठसम्म हवाई भाडामा १० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 12:33:18 PM मा प्रकाशित

laxmi  sunrise bank

वायुसेवा सञ्चालक संघले दशैंदेखि छठ पर्वसम्म हवाई यात्रामा १० प्रतिशत छुट दिने घोषणा गरेको छ । आइतबार बसको संघको बैठकले हवाई यात्रुहरुलाई चाडपर्वको अवसरमा १० प्रतिशत छुट दिने निर्णय गरेको हो । 

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एक विज्ञप्ति जारी गर्दै आगामी असोज १२ देखि कात्तिक १७ गतेसम्मको छुट दिन लागिएको जानकारी दिएका छन् । उनका अनुसार हवाई टिकटमा सम्बन्धित वायुसेवा कम्पनीको काउन्टरबाट खरिद गरेमा नर्मल हवाई भाडा मूल्य (एयरपोर्ट ट्याक्स तथा फ्युल चार्ज बाहेक) १० प्रतिशत छुट पाईनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved