बायुसेवा निगमलाई आइपीओ ल्याउन सुझाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 01:26:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम सुधार गर्न सुझाव दिन गठित कार्यदलले निगममा रणनीतिक साझेदार ल्याउन सुझाव दिएको छ । पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्मा गठित पाँच सदस्यीय कार्यदलले बुधबार पर्यटनमन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनमा साझेदार भित्र्याएर निगमलाई पब्लिक कम्पनी बनाउन सुझाव दिइएको छ ।

कार्यदलले तयार पारेको प्रतिवेदनमा निगमलाई पब्लिक कम्पनीमा लैजन र यसका लागि सर्वसाधारणदेखि विभिन्न संस्था र निकायलाई पनि शेयर स्वामित्व प्रदान गर्न भनिएको छ । प्रतिवेदनले निगमको सुधार गर्न लेखा प्रणाली र वित्तीय पुर्नसंरचनामा सुधारसहित ए ३२० नामका न्यरोबडि किन्ने लगायत १३ वटा सुझाव दिएको छ । 

नयाँ जहाज सिधै उत्पादकमार्फत किन्न, प्रविधिको प्रयोग गर्न, मोबाइल एप, अनलाइनबाट टिकट काट्ने प्रणाली सूचारु गर्न पनि प्रतिवेदनले सुझाव दिएको छ । 

गत साउन २२ गते कार्यदल गठन गरिएको थियो । प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले कार्यदलले निगमलाई पब्लिक कम्पनीमा लैजान दिएको सुझाव आवश्यक कानुनी प्रक्रिया पूरा गरेर कार्यान्वयन गर्ने बताए । ‘सरकार यो सुझाव कार्यान्वयन गर्न प्रतिबद्ध छ’ उनले भने, ‘अब कार्यतालिका बनाएरै प्रतिवेदन कार्यान्वयन गरिन्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved