४ वर्षपछि नेपालको उडानमा फर्किदै ‘स्पाइस जेट’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 09:24:10 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय विमान कम्पनी ‘स्पाइस जेट’ले नेपालमा फेरि उडान भर्ने भएको छ । नोभेम्बर पहिलो साताबाट स्पाइसले नेपालमा उडान गर्न लागेको हो । 

२०७२ को भूकम्पपछि काठमाडौँ उडान बन्द गरेको स्पाइस जेटले अब फेरि काठमाडौंबाट दिल्ली र बम्बईमा दैनिक उडान गर्न लागेको जनाईएको छ । 

उडान अनुमतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रक्रिया थालनी गरिसकेको स्पाइस जेटले जेनिथ ट्राभल्सलाई आफ्नो जनरल सेल्स् एजेन्टमा नियुक्त समेत गरिसकेको छ । जेनिथ ट्राभल्सले केही दिनभित्रै स्पाइस जेटको टिकट बुकिङ खुला गरिने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved