जेष्ठ नागरिकलाई श्री एयरले ५ सयमै उडाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 11:19:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नीजि क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाईन्सले ८५ वर्षमाथिका जेष्ठ नागरिकलाई हरेक उडान ५ सय रुपैयाँमा हवाई यात्रा गराउने भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै श्री एयरलाइन्सले ७५ वर्षमाथिका जेष्ठ नागरिकलाई हवाई भाडमा ५० प्रतिशत सहुलियत दिने जनाएको छ । विज्ञप्तिमा भाडा छुटका लागि यात्रा गर्ने यात्रुले यथेष्ट प्रमाण भने पेश गर्नुपर्ने जनाईएको छ । 

श्री एयरलाइन्सले बडा दशैँको घटस्थापनाबाट यो नियम लागू हुने जानकारी गराउँदै एक उडानमा २ जनालाई मात्रै यस्तो सुविधा दिन सकिने प्रष्ट पारेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत सहुलियत दिलाउने उल्लेख गरेका थिए । 

यस्तो छ श्री एयरको विज्ञप्तिः 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved