बक्यौता उठाउन प्राधिकरणलाई सकस, १६ करोड तिनुपर्ने कम्पनी नै बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 01:03:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले उठाउनुपर्ने बक्यौता २ अर्ब नाघेको छ । साउन मसान्तसम्म विभिन्न हवाइ कम्पनी, निजी र सरकारी संघ संस्थाबाट उठाउनुपर्ने बक्यौता २ अर्ब १९ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

योमध्ये सञ्चालनमा रहेका अन्तराष्ट्रिय हवाई कम्पनीबाट ८२ करोड ७ लाख ६५ हजार रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । ४ करोड ८३ लाख ७२ हजार बक्यौता तिर्नुपर्ने अन्तराष्ट्रिय हवाई कम्पनी भने अहिले बन्द भईसकेका छन् । 

स्वदेशमा सञ्चालनमै रहेका हवाई कम्पनीबाट मात्रै ४ करोड ४४ लाख रुपैयाँ उठ्न बाँकी रहेको प्राधिकरणको जनाएको छ । ८ करोड ४३ लाख ७५ हजार रुपैयाँ बक्यौता रकम तिर्नुपर्ने आन्तरिक हवाई कम्पनी भने बन्द छन् । 

यसरी हेर्दा सञ्चालनमा नरहेका स्वदेशी र विदेशी हवाई कम्पनीबाट मात्रै प्राधिकरणले १३ करोड २७ लाख ४७ हजार रुपैयाँ बक्यौता उठ्न बाँकी छ । 

सरकारी निकायले समेत प्राधिकरणको बक्यौता तिरेका छैनन् । विभिन्न सरकारी निकायबाट ६५ करोड १५ लाख रुपैयाँ उठ्न बाँकी छ । विभिन्न संघ संस्था र पार्टीहरुबाट पनि ५१ करोड ८७ लाख रुपैयाँ उठ्न सकेको छैन । सञ्चालनमा नरहेका संघ संस्था तथा पार्टीबाट ३ करोड ६ लाख रुपैयाँ उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

६५ करोड तिर्न १९५ कम्पनीलाई सूचना

नेपाल नागरिक उड्डयन प्राधिकरणले १९५ वटा कम्पनीलाई ३० दिनको सूचना जारी गर्दै बक्यौता तिर्न निर्देशन दिएको छ । मंगलबार कम्पनीको नाम सहितको सूचना जारी गरेरै प्राधिकरणले ६५ करोड ८ लाख रुपैयाँ तिर्न भनेको छ । 

सबैभन्दा धेरै बक्यौता तिर्न बाँकी हवाई कम्पनी एअर एसिया छ । नेपालमा उडान बन्द गरेको एअर एसियाले प्राधिकरणलाई १८ करोड ९४ लाख २१ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ । कस्मिक एअरले ३ करोड ४९ लाख, गल्फ एअरले २ करोड २२ लाख, ग्रीनल्याण्ड इन्टरनेशनलले १ करोड ७८ लाख र देशप्रेम इन्टरनेशनलले १ करोड ५० लाख रुपैयाँ तिर्न बाँकी छ ।

प्राधिकरणले बक्यौता बापत २ अर्ब १९ करोड रुपैयाँ उठाउन बाँकी रहेपनि हाल १९५ कम्पनीलाई ६५ करोड रुपैयाँ तिर्न सूचना जारी गरिएको प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved