मन्थली एयरपोर्टबाट एकैदिन ६८ उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2019 | 09:25:42 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको सदरमुकामस्थित मन्थली विमानस्थलबाट इतिहासकै सबैभन्दा धेरै उडान भएको छ । मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला  विमानस्थलमा नियमित उडान सुरु भएयता एकैदिनमा सबै भन्दा बढी ६८ उडान भएको हो । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको चाप घटाउन नागरिक उड्ययन प्राधिकरणले लुक्ला उडान मन्थली विमानस्थलबाट गराउँदै आएको छ । यसअघि काठमाडौँ विमानस्थल मर्मतको समयमा पनि मन्थलीबाट लुक्ला उडान गरिएको थियो । तर विमानस्थलको मर्मत सकिएपछि काठमाडौँबाटै हुँदै आएको लुक्ला उडान असोज १४ गतेदेखि मन्थलीबाट नियमित उडान थालिएको हो । 

यसअघि मन्थलीबाट लुक्ला एकैदिन ५६ वटा उडान भएको थियो । तर असोज २० गते उक्त रेकर्ड तोक्दै ६८ वटा उडान भएको नेपाल नागरिक उड्यान प्राधिकरण रामेछापका प्रमुख अमित चौरसियाले जानकारी दिए । 

अहिले मन्थली र आसपासका क्षेत्रमा विदेशी पर्यटकको घुँइचो लागेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved